Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२१ गते
    १४६ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज नजिकै यात्रुबहाक बससँग टिपर ठोक्किदा ५ जना घाइते भएका छन् । काठमाडौंबाट कोहलपुरतर्फ आइरहेको रात्रीबससँग तिव्र गतीमा रहेको टिपर आज बिहान ठोक्किएको छ ।

    सो दुर्घटनामा परेर ५ जना यात्रुहरु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । भे १ च २८९२ नम्बरको टिपरले आफ्नै लेनमा रहेको ना ६ ख १३४० नम्बरको बसलाई अगाडिबाट ठक्कर दिएको थियो ।

    दुर्घटनामा बसमा सवार ३ जना र टिपरमा सवार २ जना गरी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ । पछिल्लो समयमा जिल्लामा तिव्र गतीमा चलाउने टिपरका कारण दुर्घटना बढिरहेका छन् ।

    ट्राफिक नियम कार्यान्वयनको जिम्मा पाएको ट्राफिक प्रहरी भने मुकदर्शक बनिरहेको छ । बाँके ट्राफिक प्रहरीलाई मासिक रुपमा हजारौ रुपैया घुस बाफत बुझाउनुपर्ने भुक्तभोगीहरु बताउछन् ।

    स्थानीयबासी तिव्र गतीमा चल्ने टिपरहरुलाई ट्राफिक प्रहरी बाँकेले संरक्षण दिदा दुर्घटना बढिरहेको बताउछन् ।

     

    प्रतिकृया दिनुहोस्