Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२१ गते
    २५ पटक
    काठमाडौं ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ ।

    २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

    सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ ।

    प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

    तस्विरमा हेर्नुहोस् मन्त्रीहरुको सूची

    प्रतिकृया दिनुहोस्