Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२१ गते
    २४ पटक
    सुर्खेत ।

    वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग सिजन–२ को उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी र न्यु होराइजन बुटवल भिड्ने भएका छन् । शुक्रबार भएको दुई वटा सेमिफाइनलमा जित्दै आर्मी र बुटवल फाइनलमा पुगेका हुन् ।

    उपाधिका लागि शनिबार वीरेन्द्रनगरको कालुङचौक क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार भएको पहिलो खेलमा उपाधिको दाबेदार मानिएको घरेलु टोली कर्णाली–११ लाई वुटवललले तीन वीकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

    रातरभर पानी परेर हिलो भएको मैदानमा पहिलो खेल २० ओभरबाट १३ ओभरमा झारेको थियो । लिग चरणका सबै खेलमा उत्कृष्ट जीत निकालको कर्णाली–११ का लागि सेमिफाइनलको खेल फलदायी हुन सकेन ।

    पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित १३ ओभरमा ६३ रनको लक्ष्य मात्रै दिन सक्यो । सामान्य लक्ष्य दिएर जवाफी ब्याटिङमा आएको न्यु होराइजनले ११ दशमलव ५ ओभरमा सात वीकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । पहिलो खेलमा मैदान हिलो भएका कारण पनि यसअघिका खेलझैँ कर्णालीले आफ्नो प्रदर्शन देखाउन सकेन् । सबै खेलमा जित हासिल गरेको कर्णाली दोस्रो सिजनमा पनि उपाधि भिडन्तमा पुग्न सकेन ।

    न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन जोडे । कर्णाली एघारका किशोर महतोले तीन वीकेट तथा प्रकाश जैसीले दुइ वीकेट लिए । कर्णालीले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसँगै ४ वीकेट गुमाएर ६२ को योगफल तयार गरेको हो । १७ रनमा तीन वीकेट कर्णालीका लागि कार्कीले आक्रामक ब्याटिङ गर्ने क्रममा ३१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

    न्यू होराइजनका कप्तान शक्ति गौचनले तीन ओभरमा एक मेडनसहित मात्र ६ रन दिएर दुइ वीकेट लिए । यस्तै दोस्रो सेमिफाइनलमा एपिएफमाथि आर्मीले एक वीकेटको रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश ग¥यो ।

    ८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ओभरमा ९ वीकेट गुमाएर पुरा गरेको हो । खराव सुरुवात गरेको आर्मीका लागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए ।

    सोमपालले २२ बलमा ३१ रनको आक्रमक पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोड्े । एपीएफका लागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान दुइ÷दुइ वीकेट लिए ।

    समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो । एपिएफका शरद भेषवाकरले ३० र भुवन कार्कीले १९ रन बाहेक अन्य ब्याट्सम्यानले खासै रन जोड्न सकेनन् ।

    आर्मीका सोमपाल कामीले निकै किफायति बलिङ गर्दै तीन ओभरमा १० रन दिएर तीन विकेट लिए भने सुसन भारीले दुइ विकेट हात पारेका थिए । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप–बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान २० हजार हात पार्नेछन् ।

    प्रतिकृया दिनुहोस्