Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१९ गते
    ३६ पटक
    एजेन्सी ।

    इटालियन क्लब मार्सेका स्ट्राइकर मोरियो बालोटेलीले बार्सिलोनाका फरवार्ड लियोनल मेसीसँग युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तुलना हुन नसक्ने बताएका छन् ।

    बुधबार राति सम्पन्न खेलमा मेसीले लिभरपुलविरुद्ध दुई गोल गरेका थिए । मेसीले उत्कृष्ट गोल गरेपछि उनले इन्स्टाग्राममा तुलना नगर्न भनेका हुन् । उनले इन्स्टाग्राममा लेखेका छन् ‘फुटबललाई माया गर्नेहरुले अब उनीसँग युभेन्ट्सका जर्सी नम्बर सातको तुलना नगरे हुन्छ ।’

    बालोटेली इन्टर मिलान, म्यान्चेस्टर सिटी, एसी मिलान तथा लिभरपुलका पूर्व खेलाडी हुन् । उनले पटक–पटक क्रिस्टियानो रोनाल्डोविरुद्ध अभिव्यक्ति दिँदै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्