Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१९ गते
    १३७ पटक
     कैलाली ।

    कैलालीको घोडाघोडी नगरपालिकामा रहेको एक जंगलमा दुई जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा एक पुरुष र एक महिला रहेकी छिन्। नगरपालिका ३ मा रहेको कालिका सामुदायिक वनमा दुई जना मृत फेला परेका हुन्।

    मृत फेला पर्नेमा स्थानीय २३ वर्षीय शिवराज चौधरी र जोशीपुर गाउँपालिकाकी २५ वर्षीया निर्मला चौधरी रहेका छन्। शवलाई पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ।

    किरा पर्न थालेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। मृत फेला परेकी युवती विवाहीत हुन् भने युवक अविवाहित रहेको जोशीले जानकारी दिए।

    विवाहित महिलाले केहि दिन अगाडि मात्रै माईती घरमा फोन गरेर श्रीमानले यातना दिएको र आत्महत्या गर्ने बताएको पनि आफन्तले जानकारी दिएका छन्।

    घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्