Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१८ गते
    १७२ पटक

    स्वस्तिका लिम्बुको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै बुधबार पनि प्रर्दशन गरिएको छ । नेपालगन्जको राँझास्थित एयरपोर्ट चोकमा स्वस्तिका लिम्बुको न्यायका निम्ति संघर्ष समितिको अगुवाईमा प्रर्दशन गरिएको हो ।

    नयाँ वर्षको दिन नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा १९ बर्षिया स्वस्तिकाको रहस्यमय तरिकाले मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको बताएपनि माईती पक्षले हत्या नै गरेको दाबी गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

    स्वस्तिकाको उनका श्रीमान भृकुटीनगरका २० बर्षिय ‘आशिष’ भनिने मुकेश बुढाक्षेत्रीले नै हत्या गरेको उनीहरुको दाबी छ । मुकेश र स्वस्तिकाबीच करिव ६ महिनाअघि प्रेम विवाह भएको थियो ।

    स्वस्तिकाले माइत जान नपाएकै कारण पङ्खामा झुण्डिएर आत्महत्या गरेको मुकेशले प्रहरी समक्ष बयान दिदै आएका छन् । यद्यपी माईती पक्षले भने घटनाको प्रकृति हेर्दा हत्या नै भएको बताएका छन् ।

    राजनीतिक दवावमा घटनाका दोषीलाई उन्मुक्ती दिन खोजिएकाले पीडितको न्यायका लागि आन्दोलन गर्नु परेको संघर्ष समितिले जनाएको छ ।

    फोटो साभारः chhinchhinkhabar.com

    प्रतिकृया दिनुहोस्