Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१८ गते
    १२३ पटक
    कोहलपुर ।

    नेकपाका नेता चढेको कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

    बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्।

    दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

    पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

    घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्