Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१६ गते
    ३६ पटक
    कोहलपुर ।

    प्रदेश नम्बर ५ सरकारको आयोजनामा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

    सोमबार अस्थायी राजधानी बुटवलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती प्रदेश नम्बर ५ का उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार बैठकले आगामी बैशाख २३ गतेबाट बैशाख २५ गतेसम्म रुपन्देहीको बुटवलमा प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा ६ वटा खेल समावेश गरिने छ ।

    जसमा एथलेटिक्स, चेस, तेक्वान्डो, ब्याडमिन्टन, आईटिएफ तेक्वान्डो र भलिबल रहेका छन् । बैठकले रुपन्देही जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष युग गुरुङको संयोजकत्वमा २१ सदस्यीय खेल ब्यवस्थापन समिती समेत गठन गरेको छ । त्यसैगरी प्रतियोगितालाई भब्य र सभ्य रुपले सम्पन्न गर्न उपसमिती पनि गठन गरिएको छ ।

    कुमार आलेको संयोजकत्वमा प्रचार प्रसार उपसमिती, छवि रश्मि मगरको संयोजकत्वमा मन्च ब्यवस्थापन, बेगम केसीको संयोजकत्वमा पत्राचार र अतिथी सत्कार, युग गुरुङको संयोजकत्वमा होटेल ब्यवस्थापन, रीता कोइरालाको संयोजकत्वमा प्राबिधिक उपसमिती गठन गरिएको छ ।

    ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती प्रदेश नम्बर ५ का अध्यक्ष भिम ओली, उपाध्यक्ष नरेन्द्र थापा, सदस्य रीता कोइराला लगायत खेलकुदका जिल्ला अध्यक्षहरुले बैठकमा आफ्ना धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्