Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१६ गते
    ५० पटक
    कोहलपुर ।

    अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष नरेन्द्र न्यौपाने आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

    अहिलेसम्म सुविधासम्पन्न निजि विद्यालयमा छोराछोरी पढाएका उनले आइतबार सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।

    यस क्षेत्रकै मंहगो र सुविधा सम्पन्न मानिने गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययन गरिरहेका छोराछोरीलाई निर्वतमान अध्यक्ष न्यौपानेले कोहलपुर– १ मा रहेको कृष्ण माविमा भर्ना गरेका छन् ।

    नेकपा प्रदेश ५ का सदस्य समेत रहेका उनले आइतबार छोरा रविन्द्र न्यौपानेलाई कक्षा ५ मा र छोरी अनिषा लाई कक्षा ७ मा भर्ना गरेका थिए ।

    राज्यले नै सरकारी विद्यालयलाई प्राथमिकतामा राखेकाले राज्यको नितिलाई सहयोग पु¥याउने उद्धेश्यले छोराछोरीलाई सरकारी विद्यालयमा नै भर्ना गरेको न्यौपानेले बताए ।

    ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नु हामी सबैको दायीत्व हो’ उनले भने, ‘राज्यको शैक्षिक नितिलाई सफल बनाउन सबै सचेत नागरिक नैतिक रुपमा जिम्मेवार बन्न अब आवश्यक छ ।’

    प्रतिकृया दिनुहोस्