Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१६ गते
    ५८ पटक
    काठमाडौं । 

    भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए ।

    मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे । गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरी फर्काए । त्यसपछि शुरु भयो दार्चुलादेखि राजधानीसम्मको करिब १ हजार किलोमिटरको बस यात्रा ।

    केहीअघि डडेलधुराको स्याउले ट्राफिक पोस्टमा इन्ट्री गर्दा २२ यात्रुमात्र रहेको बताइयो । त्यहाँबाट ३ किलोमिटर दुरीमा रहेको सल्लाघारीमा दुर्घटना भयो । उद्धारका क्रममा ५३ यात्रु भेटिए ।

    अझ यात्रुभन्दा ब्यापारिक सामानको भारी भेटियो । धनगढीबाट अछामका लागि हिडेँको उक्त बसले स्याउलेबाहेक अन्य ६ वटा ट्राफिक पोस्ट पार गरिसकेको थियो ।

    बुधबार डडेलधुराको साहुखर्ककमा ६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा परेको बसले पनि ५ वटा ट्राफिक प्रहरी पोस्ट पार गरेको थियो । ३२ यात्रु बोक्ने क्षमता भएको उक्त बसमा पनि ५० यात्रु र ८० क्विन्टलभन्दा बढी ब्यापारिक सामानको लोड थियो ।

    शुक्रबार महेन्द्रनगरबाट बैतडीका लागि छुटेको यात्रुवाहक बस डोटीको रुपसकाँडामा दुर्घटना भयो । १३ जना घाइते भए । उक्त बसमा पनि क्षमताभन्दा बढी सामान र यात्रु रहेको प्रहरीले जनाएको छ ।

    नियमनकारी निकाय, यातायात व्यवसायी र सवारी साधन सञ्चालन गर्ने कर्मचारीको लापरबाहीका कारण भीमदत्त राममार्गमा औसतमा दैनिक २ वटा सवारी दुर्घटना हुने गरेको छ । पछिल्लो साता औसमतमा हरेक साता ५ जनाको मृत्यु हुने गरेको छ ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्