Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१४ गते
    ४२ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा शनिबारदेखि प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्ट–२०७६ शुरु भएको छ । नेपाल राष्ट्र बैंक नेपालगन्जको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

    शनिबार सम्पन्न खेलहरुमा भार्गब बिकास बैंक, वेस्टर्न बिकास बैंक र मेघा बैंक बिजयी भएका छन् । बिहान भएको पहिलो खेलमा भार्गबले ग्लोबल आईएमई बैंकलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

    भार्गबका तेज बहादुर रावल र म्यान अफ दी म्याच जगदिश धामीले क्रमशः १ ÷१ गोल गरेका थिए भने ग्लोबलका प्रेम पौडेलले १ गोल गरेका थिए । दोस्रो खेलमा वेस्टर्नले नबिललाई ५–१ गोलले पराजित गरेको छ ।

    वेस्टर्नका म्यान अफ दी म्याच योगेश खडकाले ३, ओमप्रकाश चौधरी र हरिराम चौधरीले १÷१ गोल गरेका थिए ।

    नबिलका कृष्ण पुडासैनीले सान्त्वना १ गोल गरेका थिए । त्यसैगरी तेस्रो खेलमा मेघा बैंकले ज्योती बिकास बैंकलाई १५ गोल अन्तरले पराजित गर्यो । मेघाका म्यान अफ दी म्याच बिरेन्द्र बहादुर चन्दले ११, शक्ति हमाल र सुमेश जङ शाहले क्रमशः २÷२ गोल गरेका थिए ।

    यस अघि नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तीनाथ सापकोटाले रेफ्रीलाई बल हस्तान्तरण गरि टुर्नामेन्टको उद्घाटन गरिएको थियो । नेपाल राष्ट्र बैन्कको ६४ औं बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतिकृया दिनुहोस्