Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१० गते
    २५७ पटक
    नेपालगन्ज ।

    सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ ।

    विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालय लगाएर प्रशासनले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले टोलीले पक्राउ गरेको हो ।

    आयोगको नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा रहेका फडेरालाई जिल्ला प्रशासन मार्फत परिवारको जिम्मा लगाई सकुशल घर जाने क्रममा पक्राउ पुर्जीसहित प्रशासन परिसरमा रहेको प्रहरीले पुन पक्राउ गरेको थियो ।

    आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमबार पत्राचार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्