Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/९ गते
    ६० पटक

    नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले विमानस्थल अग्निनियन्त्रकका लागि तालिम खुलाएको छ। प्रतिष्ठानले आधारभुत विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण तालिमकका लागि खुल्ला तथा समावेसी कोटामा आवेदन खुलाएको छ।

    प्रतिष्ठानले खुल्लामा ९, महिला,आदिवासी जनजाती, मधेसी कोटामा २/२ जना र दलित कोटामा १ जनाका लागि आवेदन खुल्ला गरेको हो।

    आवेदन फारम भर्न २ सय र परीक्षा शुल्क ४ सय लाग्ने यो प्रक्रियामा भाग लिनका लागि एसएलसी पास अथवा एसई कम्तिमा जिपिए २ प्राप्त गरेको हुनुपर्छ।

    १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने यसमा योग्य हुनका लागि उचाइ,छाती र तौलको पनि नाप लिइन्छ।

    आवेदन दिनका लागि प्रतिष्ठानको अफिस सानोठिमी भक्तपुर जानुपर्छ। यसमा शारिरीक, लिखित र अन्तर्वार्ता परीक्षाबाट छनौट भएपछि देशभरका विभिन्न विमानस्थलमा जागिर पाइन्छ।

    प्रतिकृया दिनुहोस्