Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/८ गते
    ६३ पटक
    कैलाली ।

    कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि नयाँ वर्षको दिन १ वैशाखमा इन्जेक्सन लगाएर सामूहिक बलात्कार भएको छ । ती किशोरी आफन्तको विवाहमा जाँदै गर्दा घोडाघोडी जङ्गलमा बलात्कृत भएकी हुन् ।

    ७ जनाको समूहले ती किशोरीमाथि घोडाघोडी जंगलमा सामूहिक बलात्कार गरेको हो । सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    बलात्कारको आरोपमा पक्रउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, रुपेश चौधरी, नरेन्द्र विक र नवीन शाही छन् । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ ।

    # राजधानी दैनिकवाट

    प्रतिकृया दिनुहोस्