Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३ गते
    ६३ पटक
    पर्वत ।

    नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।

    मंगलबार साँझ ६ बजे ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरेको हो ।

    प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको आरक्षका कर्मचारी आशिष थापाले जानकारी दिनुभयो । बलेवामा सुरक्षित अवतरण पश्चात् भोलि बुधबार बिहान गन्तव्यमा जाने थापाले बताउनुभयो ।

    लगातार वर्षा र हावाहुरीका कारण पोखरालगायतका क्षेत्रमा मेघ गर्जनसहित भिषण वर्षा भइरहेको छ । वर्षाका कारण सडक यात्रा कष्टदायक त छ नै हवाई यात्रा समेत प्रभावित बनेको छ ।

    प्रतिकृया दिनुहोस्