Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१ गते
    २९ पटक
    काठमाडौं ।

    महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।

    प्रहरीका अनुसार श्याम बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए । यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।

    झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ ।

    बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्