Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१ गते
    १७ पटक
    एजेन्सी ।

    विश्वको सबैभन्दा ठूलो विमान मानिएको स्ट्रयाटोलन्चले पहिलोपटक उडान भरेको छ । पखेटाका आधारमा अहिलेसम्मकै संसारको सबैभन्दा ठूलो मानिएको यो विमानले पहिलोपटक ४ हजार ५ सय ७२ मिटर दूरी पार गर्दै उडान भरेको हो ।

    यो विमानले उड्दा यसको गति २ सय ७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पखेटाका आधारमा सबैभन्दा ठूलो मानिएको यो विमानमा जडित पखेटाको लम्बाई १ सय १७ मिटर रहेको छ । यो विमानमा ६ वटा इन्जिनहरु रहेका छन् ।

    स्ट्रयाटोलञ्च कम्पनीले निर्माण गरेको यो विमानले पृथ्वीको अक्षमा रहेको भू–उपग्रहसम्मको यात्रालाई सहज बनाउने सो कम्पनीको दाबी छ ।

    दुईवटा विमान जोडेर एउटै बनाइएको यो विमानलाई सो कम्पनीले संसारकै सबैभन्दा ठूलो विमान भएको दाबी गरेको छ । यद्यपि, पखेटाको साटो चुच्चोदेखि पुच्छरसम्मको लम्बाईका आधारमा यो भन्दा ठूला विमानहरु पनि रहेका छन् ।

    प्रतिकृया दिनुहोस्