Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/३० गते
    ३६ पटक
    नेपालगन्ज ।

    पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ ।

    सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो पटक जितेको हो । प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे। २५ नं. जर्सीका दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए ।

    लगातार तेस्रो जित निकाल्दै प्रदेश ५ सेमिफाइनलमा प्रबेश गरेको हक्कीका मुख्य प्रशिक्षक बिजयन्त शर्माले बताए।सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काए ।

    शनिवार विहान भएको कर्णाली प्रदेश र प्रदेश १ वीचको खेल बराबरी भएको छ । यो खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गरेर खाता खोले ।

    खेलको ५४ औँ मिनेटमा प्रदेश १ का संजय राजवंशीले गोल फर्काए।

    प्रतिकृया दिनुहोस्