Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/३० गते
    २२ पटक
    नेपालगन्ज ।

    आठौ राष्ट्रिय खेलकु अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला पुरुष बक्सिङ्ग खेल शुक्रबार रातिदेखि सुरु भएको छ । प्रतियोगितमा पहिलो दिन महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् ।

    बक्सिङ्गका मुख्य निर्णायक दिपक महर्जनले दिएको जानकारी अनुसार शुक्रबार राती भएको खेलमा लाईट फलाई ४९ तौल समुहमा कर्णाली प्रदेश कि अनु नेपालीले प्रदेश ५ कि रिता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरिन ।

    यसैगरी पुरुषतर्फ लाईट फलाई ४९ तौल समुहमा प्रदेश ३ का मदनकृष्ण डंगोलले वाकओभर पाए । लाईट फलाई ४९ तौल समुहमै प्रदेश ७ का भानु विष्टले ४–१ को अन्तरले प्रदेश १ का विशाल राईलाइ पराजित गरे ।

    फलाई ५२ केजि समुहमा गण्डकी प्रदेशका अमिर गुरुङ्गले कर्णाली प्रदेशका जीवनकुमार पुनलाई नकआउट गरे । सोही तौल समुहका प्रदेश ३ का बुद्ध ग्याल्मो लामाले सुदुरपश्चिम प्रदेशका उत्तम चन्दलाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे ।

    ५६ केजी तौलसमुहमा प्रदेश ५ का नविन घर्तिले प्रदेश ५ का सुजन पौडेललाई ५–० ले र नेपाल आर्मीका पुरन सुनुवारले गण्डकी प्रदेशका जिनेश गुरुङ्गलाई ५–० ले पाखा लगाउदै गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

    ६० केजी लाईटमा एपिएफका प्रकाश लिम्बु इजमले कर्णाली प्रदेशका सागर श्रेष्ठलाई नकआउट गरे भने ६४ केजी लाईटमा गण्डकी प्रदेशका सुजन चोचाङ्ग मगरले वाकओभर पाएर क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

    शनिबार साँझ ४ बजेदेखि क्वाटर फाईनलका २८ वटा खेल ईभेन्ट हुने छन् । यसमा ११ वटा ईभेन्ट महिलाको रहने मुख्य निर्णायक महर्जनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्