Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    २१ पटक
    काठमाडौं ।

    महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमार्फत् नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सहरुले नेपालमा तिर्नुपर्ने कर नतिरी नेपाल सरकारलाई ठगी गरेको उल्लेख गरेको छ।

    आज सार्वजनिक उक्त प्रतिवेदनमा नेपालमा उडान गर्ने एयरलाइन्सहरुले जहाँसुकैबाट टिकट काटेपनि ५ प्रतिशत हवाई सेवाशुल्क तिर्नुपर्ने भएपनि उनीहरुले कम यात्रु देखाएर ठगी गरेको महालेखाको आरोप छ।

    विदेशी एयरलाइन्सका नेपालस्थित जनरल सेल्स एजेन्ट र एयरललाइन्सका प्रतिनिधि कार्यालयले कर कार्यालयमा पेस गरेको यात्रु विवरण र नागरिक उड्डयन प्राधिकरणमा भएको विवरणबीच मेल नखाएको पाइएको हो।

    आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । जसअनुसार नेपालमा उडान भर्ने एअरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भएपनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवा कर लाग्छ।

    प्रतिकृया दिनुहोस्