Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    ४७ पटक
    एजेन्सी ।

    कुकुरलाई बफादार प्राणीको रुपमा लिइन्छ । त्यसैले कुकुरलाई महँगो मुल्य हालेर भएपनि किन्ने गर्छन् । यस्तै कोलम्बियामा एउटा कुकुरको मुल्य निकै महँगो तोकिएको छ ।

    सोम्ब्रा नामको उक्त कुकुरको टाउकोको मूल्य ७६ लाख रुपैयाँ तोकिएको बताइएको छ । उक्त सोम्ब्रा नामको ६ वर्षे जर्मन सेफर्डको सुरक्षाका लागी तालिम प्राप्त २ बन्दुकधारी पनि राखिएको छ ।

    उक्त कुकुर बाहिर हिड्दा बुलेट प्रुफ गाडि सहित २ बडीगार्ड पनि हुन्छन । यति सामान्य कुकुरको मुल्य यति महँगो किन राखियो भन्ने कौतुहलता सबैमा पक्कै छ ।

    उक्त कुकुरले अहिलेसम्म २०० जनालाई पक्राउ गर्नुका साथै ९ टन लागुपदार्थ जफत गरिसकेको छ । टाउकोको मूल्य विश्वकै महंगो भएको यो कुकुरलाइ हिरो नै मानिएको छ ।

    प्रतिकृया दिनुहोस्