Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२८ गते
    १४ पटक
    मुम्बई ।

    फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।

    यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिना मेकअप देखिएकी छिन् । उनको यो तस्बिर एउटा म्यागाजिनले बिना मेकअपको फोटासुट गराउँदाको हो । 

    यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् ।

    प्रतिकृया दिनुहोस्