Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२८ गते
    १६ पटक
    काठमाडौं ।

    स्वास्थ्य चौकीमा रहने अनमीहरुलाई घरपायक दरबन्दी मिलाउने निर्णय सरकारले गरेको छ। समायोजनका क्रममा घर भन्दा टाढा परेपछि उनीहरुलाई सकेसम्म घरपायक ठाउँमा सरुवा गर्न सकिने निर्णय गरिएको हो।

    स्वास्थ्य चौकीमा रहने ७ हजार ६ सय १९ जना अनमीको दरबन्दी तेरिज संशोधन गरिएको हो । यो निर्णयले ९० प्रतिशत अनमीलाई राहत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

    प्रतिकृया दिनुहोस्