Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२७ गते
    २६ पटक
    काठमाडौं ।

    पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको जनाएको छ।

    सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्रहाकमध्ये मोबाईल एप्सबाट कारोबार गर्नेहरू नै दश लाख पुगेका जानएको छ। यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन्।

    हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।

    इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ।

    इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

    प्रतिकृया दिनुहोस्