Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२७ गते
    ३५ पटक
    नेपालगन्ज ।

    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा रङ्गशाला निर्माण कार्य तिब्र गतिमा गईरहेको छ। नेपालगन्ज रङ्गशालामा भौतिक पुर्बाधारहरु धामाधम निर्माण भइरहेका छन् , लामो समयदेखि अस्तब्यस्त नेपालगन्ज रङ्गशाला नयाँ रुप पाएको छ।

    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु यहि २७ गते देखि सुुुुरुु हुँदै छन् भने प्रतियोगिताको औपचारिक उदघाटन बैशाख ५ गते तोकिएको छ ।

    प्रतियोगितालाई भब्य रुपले सफल बनाउन विभिन्न उपसमितीहरु गठन गरिएको छ। त्यस्तै प्रतियोगिताको महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रचार प्रसार उप समिती पनि एक हो। तर आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन केही दिन बाकी हुँदा प्रचार प्रसार उपसमितीले आफ्नो जिम्मेवारी बहन त्यति राम्रो सग गरेको पाइएन।

    प्रतियोगिता उदघाटन र समापन हुने शहर नेपालगन्जमा आठौँ राष्ट्रिय खेलको कुनै प्रचार गरिएको देखिदैन। यस्तो लाग्छ आठौँ राष्ट्रिय खेेलबारे बाँकेबासी त परै जाओस् नेपालगन्जकै धेरै ब्यक्तिहरु अनभिज्ञ रहेका छन् ।

    प्रचार प्रसारका नाममा ३५ लाख बजेट रहेको भनेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबले नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा जानकारी त दिए तर प्रचार प्रसारको कुरा नेपालगन्ज खेलकुद परिसर भित्र रहेको प्रचार प्रसार उपसमितीमा मात्रै सिमित रहेको छ।

    नेपालगन्जकै धेरै जसो स्थानीयहरु र युवा जोश जागरले भरिएका कलेज बिध्यार्थीहरुलेनै भन्छन् – कति गते देखि हो प्रतियोगिता ?नेपालगन्जमा सम्पन्न भएका त्यति सानो सानो मेला हुँदा त एक महिना अघि देखि बजार र गाउँ गाउँमा पम्पिलेट, ब्यानर, माइकिङ मिडियाबाजी गर्छन् तर यति ठुलो प्रतियोगीता हुँदा प्रचार प्रसार नहुदा अचम्ममा परेको बताउछन् उनिहरु।

    खै प्रचार प्रसार ? उनीहरुको जिज्ञासा ! नेपालगन्ज लगायत बाँकेभरी आठौँ राष्ट्रिय खेलकुदका ब्यानरले भरियोस उनिहरुको चाहाना ।

    खेल्कुद परिसरका पदाधिकारीहरुले प्रचार भएको भने पनि नेपालगन्जका मुख्य चोकमा न त गेट निर्माण भएका छन् न त ब्यानरनै बनाइएका छन् ।

    प्रतियोगिता आयोजकले प्रचार प्रसारको मुख्य जिम्मेवारी दिइएको प्रचार प्रसार उपसमिती आखिर किन मौनझै बसेको छ, यो ताजुबको बिषय बनेको छ।

    प्रतिकृया दिनुहोस्