Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२५ गते
    १७० पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा सोमबार दिउँसो ठूलो सवारी दुर्घटना भएको छ ।

    तिव्र गतीमा नेपालगन्ज तर्फ गइरहेको टिपरको ठक्करबाट एक जना घाइते भएका छन् । त्रिभुवन मावि अगाडि रा १ ख १३३९ नम्बरको टिपरले भे ७ प ५९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

    तिव्र गतीमा रहेको टिपरले मोटरसाइकललाई किचेपनी मानविय क्षती भने हुन पाएन । मोटरसाइकलमा सवार राम दयाल चौधरी घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्