Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२५ गते
    २७ पटक
    एएफपी ।

    नाइजेरियाका एक धनाढ्य आफ्नो बैंक खाताबाट एक साथ एक करोड रुपैयाँ निकाले । तर भोलिपल्टै लगेर बैंकमा जम्मा गरिदिए । आखिर उनले किन यस्तो गरे त ?

    एएफपीका अनुसार ती नाइजेरियन धनाढ्य एलिको डाङ्गोटेलेले साँच्चै म त्यति नै धनी छु कि बैंक स्टेटमेन्टमा मात्र त्यस्तो देखिएको हो भनेर जाँच्नका लागि मात्र यस्तो अचम्मको हर्कत गरेका हुन् ।

    सिमेन्टलगायत विभिन्न उत्पादनमूलक उद्योगका मालिक डाङ्गोटेले भनेका छन्, ‘एक दिन मैले बैंकबाट एक करोड रुपैयाँ नगद निकाले । गाडीमा हालेर घर ल्याए । अनि त्यो पैसा हेरेपछि मलाई साच्चै आफूसँग त्यो रकम रहेको विश्वास जाग्यो ।

    अनि त्यसको अर्को दिन नै त्यो पैसा बैंकमै लगेर जम्मा गरिदिए ।’

    प्रतिकृया दिनुहोस्