Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२२ गते
    १११ पटक
    एजेन्सी ।

    एक अर्जेन्टिनी कम्पनीले यौनसम्बन्धका लागि सहमति प्रब्रद्र्धन र सुरक्षित यौनसम्पर्कका लागि भन्दै ‘सहमति कण्डम’ उत्पादन गरेको छ । टुलिपान नामको यो कण्डमको प्याकेट खोल्न चार वटा हात आवश्यक पर्छ ।

    कण्डमको प्याकेट खोल्न एकसाथ चार वटै कुनामा दबाउनु पर्छ, जसका लागि चारै हात आवश्यक पर्छ । सहमतिको वातारण बनाउन र निर्णयमा समान सहभागिताका लागि चार हातले मात्र खोल्न मिल्नेगरी कण्डमको प्याकेट निर्माण गरिएको कम्पनीले जनाएको छ ।

    नमूनाका रुपमा केही बारमा जोडीहरुलाई वितरण गरिएको यो उत्पादन वर्षको अन्ततिर बजारमा आउनेछ । यसको विज्ञापनले सामाजिक सन्जालमा प्रशंसा बटुलिरहेको छ ।

    ‘टुलिपानले सधै सुरक्षित आनन्दको पैरवी गर्दै आएको छ । तर हरेक शारीरिक सम्बन्धमा आनन्द त्यतिबेलामात्र संभव हुन्छ, जब दुवैको सहमति हुन्छ । त्यसैले हामीले यस कण्डमका लागि यस्तो क्याम्पेन चलाएका हौ,’ कण्डमको प्रबद्र्धन गर्ने जिम्मा पाएको बीबीडियो एजेन्सीका जाओकिन क्याम्पिन्सलाई उद्धृत गर्दै न्युयोर्क पोष्टले जनाएको छ ।

    मीटू अभियानले थुप्रै चर्चित व्यक्तित्वका यौन दुव्र्यवहारका घटना र विषाक्त पुरुषत्वको उजागार भएसँगै सहमतिपूर्ण सम्बन्धका लागि यो आविश्कार भएको समाचारमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्