Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२२ गते
    २८ पटक
    यूएई ।

    संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । ट्याक्सीमा रहेका अरु दुई नेपाली घाइते भएका छन् ।

    गएको आइतबार राती ९ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र शान्ति विक रहेका छन् । शान्तिको भने ठेगाना खुल्न सकेको छैन ।

    दुर्घटना गएको आइतबार राती १२ बजे आबुधाबीको साविया ९ नम्बरमा भए पनि दुर्घटना बारे मंगलबार मात्रै कम्पनीले जानकारी पाएको जनाएको छ ।

    ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक जनाको परिचय पनि खुलेको छैन । घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।

    निरोज आबुधाबीको साबियामा रहेको युनिभर्सल हस्पिटलको फार्मेसी शाखामा कार्यरत थिए । २६ वर्षिय निरोज परियार ड्युटी सकिने समयमा हस्पिटलमै उपचारका लागि आएकी नेपाली महिला शान्ति विकलाई बिन जायद सिटीमा छोड्न आफ्ना एक जना साथीसँग गइरहेका थिए ।

    जायाद सिटी जार्दै गर्दा उहाँहरु चढेको ट्याक्सीलाई पछाडीबाट अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रशासनले बताएको आबुधाबीमा कार्यरत निरोजका काका ज्योतिलाल परियारले उज्यालोलाई जानकारी दिनुभयो ।

    शव आबुधाबीकै खालिफा अस्पतालमा राखिएको परिवारले जनाएको छ । ड्युटी गएको छोरो दुई दिनसम्म कोठामा नफर्किएपछि कम्पनी र आफूहरुले प्रहरी रिपोर्ट गर्दा मात्रै दुर्घटनाबारे खबर पाएको ज्योतिलालले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्