Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२२ गते
    २८ पटक
    काठमाडौं ।

    सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने घोषणा गरेको छ। सिल्क एयरले भोलिदेखि दैनिक उडान सुरु गर्न लागेको हो।

    बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ। बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ।

    सिंगापुरबाट विहान ९ बजे जहाज काठमाडौंका लागि उड्ने छ भने काठमाडौंमा सो विमान १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ। त्यस्तै काठमाडौंबाट १ बजेर ५ मिनेट सिंगापुरका लागि उडान भर्ने समय तय गरिएको छ।

    हामी काठमाडौंमा दैनिक उडान भर्ने घोषणा गर्न पाउँदा निकै गौरवान्वित भएका छौं, सिल्क एयरको नेपाल म्यानेजर क्युइनगेइले भने ।
    सिल्क एयरले सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्