Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१९ गते
    १८८ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्ज उप–महानगरपालिका ११ सदरलाइनबाट प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सदरलाइनमा रहेको भगवती ज्वाला होटलबाट अवैध वन्यजन्तु रेड पाण्डाको पुच्छर सहितको छाला सहित सोमबार एक जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले सयुक्त रुपमा होटेलमा सर्च गरेर छालासहित तातोपानी गाउँपालिका १ जुम्लाका धिरज महतलाई पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार महतले बोकेको झोला चेकजाँच गर्दा झोलामा पुच्छरसहितको रेड पाण्डाको एक थान छाला बरामद गरेको हो । छालासहित पक्राउ परेका महतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाएको बाँके प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्