Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१८ गते
    ९१ पटक
    कैलाली ।

    कैलालीको जानकी गाउँपालिका–३ भगतपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको ज्यान गएको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–२ विजयनगरका २२ वर्षका राजेश चौधरी र शिवनगरका १७ वर्षका दीपक चौधरीको मृत्यु भएको हो ।

    दीपकले चलाउँदै गरेको से ६ प ४१६२ नम्बरको मोटरसाइकल आइतबार अपरान्ह दुर्घटनामा परेको थियो । राजेश मोटरसाइकलको पछाडि सवार थिए । उनीहरु सवार मोटरसाइकल मोडमा सडक नजिकै रहेको घरमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएका दुबैजनालाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरेको थियो । चौधरीद्वयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मोटरसाइकल दुर्घटनामा मृत्यु भएका राजेश टीकापुरस्थित सूर्य लाइफ इन्स्योरेन्समा कार्यरत रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्