Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१६ गते
    ३७ पटक
    काठमाडौं ।

    महिलाहरुमा सबैभन्दा बढी देखिने क्यान्सरहरुमध्ये स्तन क्यान्सर पनि एक हो । विश्वमा सन् २०१५ स्तन क्यान्सरको कारणले ५ लाख ६१ हजार महिलाको मृत्यू भएको थियो ।

    जुन महिलाहरुमा क्यान्सर सम्बन्धी मृत्यूको करीब १५ प्रतिशत हुन आउँछ । स्तन क्यान्सर एउटै परिवारमा एक भन्दा बढीलाई हुन सक्छ । जसलाई पारिवारिक क्यान्सर पनि भनिन्छ । यसमा वंशाणुगत कारण धेरै हुन्छन् ।

    जोखिमका कारणहरु
    — परिवारमा कसैलाई स्तन क्यान्सर भएमा
    — वंशाणुगत कारण जस्तै आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरुमा स्तन क्यान्सर भएमा ।
    — स्तनपान नगराउने महिलाहरुमा जोखिम हुन्छ ।
    —स्तनमा पहिला देखिनै गाँठा गुठी भएमा
    — अविवाहित प्रौढ महिला तथा धेरै मोटो महिलामा ।
    —सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलामा पनि जोखिम हुन्छ ।
    —हार्माेनको असरले चाँडै महिनावारी सुरु हुनु । ढिला महिनावारी सुक्नु ,ढिलो उमेरमा पहिलो सन्तान जन्माउनुले पनि जोखिम हुन्छ ।
    लक्षण
    –स्तन क्यान्सरको सुरुवातमा केही लक्षण नहुँन पनि सक्छ ।
    — स्तनको आकार परिर्वतन हुनु स्तनमा गिर्खा फेला पर्नु ।
    — कहिलेकाहिँ स्तनको वरिपरिको छाला परिवर्तन भई चाउरी पर्ने
    — स्तनको मुन्टोबाट रगत तथा पिप मिसिएको दुध आउनु ।
    — स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु ।
    — स्तनको मुन्टो गाडिनु ।
    स्तन क्यान्सरको रोकथाम
    — समयमा विवाह गरी सन्तान जन्माउने र स्तनपान गराउने ।
    —चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
    —नियमित व्यायाम गरी मोटोपन घटाउने ।
    —सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
    —समय समयमा स्तनको परीक्षण गर्ने ।
    स्तन क्यान्सरको परीक्षण विधि
    –वर्षको एकपटक मेमोग्राम,अल्ट्रासाउण्ड,एफएनएसि र वायोप्सी गराउने ।
    –स्तनमा खिर्गा फेला परेमा चिकित्सकलाई देखाउने ।
    – ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्ट्रासाउण्ड गराउने ।४० वर्ष पुरा भएमा मेमोग्राम गराउने । स्तन क्यान्सर पारिवारिक क्यान्सर पनि भएकाले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले पनि परीक्षण गराउन अत्यन्त जरुरी छ ।

    प्रतिकृया दिनुहोस्