Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२ गते
    ६४ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा रहेको भेरी प्राविधिक शिक्षालयले आफ्नो रजत जयन्ती मनाएको छ । स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यमा शिक्षालयले शुक्रबार कार्यक्रम गरी रजत जयन्ती भव्यताका साथ मनाएको हो ।

    रजत जयन्ती समारोहका प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवलशमशेर राणाले शिक्षालयले धेरैलाई सीप सिकाएर आयआर्जनका लागि आत्मनिर्भर बनाएको भन्दै प्रशंसा गरे ।

    सीप सिकेर स्वदेशमै काम गर्दै आफ्नो जीवन निर्वाह गर्न सक्ने वातावरण शिक्षालयले बनाइदिएको उनले बताए । प्राविधिक शिक्षाका लागि भेरी प्राविधिक शिक्षालयसँग सहकार्य गरेर काम गर्न नेपालगञ्ज उपमहानगरपालिका तयार रहेको प्रमुख राणाको भनाई रहेको थियो ।

    कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् प्रदेश पाँचका प्रमुख अरविन्द चौधरी, परिषद् कर्णाली प्रदेशका प्रमुख भीमकान्त लामिछाने, शिक्षालयका प्रमुख अच्युतराज दाहाल, सहायक प्रमुख पारस खड्का लगायतले प्राविधिक शिक्षाको महत्व र भेरी प्राविधिक शिक्षालयले दक्ष प्राविधिक उत्पादनमा खेलिरहेको भूमिकाबारे चर्चा गरेका थिए ।

    रजत जयन्तीका अवसरमा शिक्षालय प्रांगणमा नवनिर्मित स्मारकको पनि अनाबरण गरिएको थियो । समारोहका बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शिक्षक, बाँकेका विभिन्न स्थानीय तहका प्रमुख, स्थानीय जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्