आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१८ गते
    ३५८१ पटक
    खगेन्द्र दाहाल । नेपालगन्ज ।

    बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका ४९ वर्षिय गेहेन्द्र प्रसाद शर्मा छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनकै लागी कमाई गर्न ६ वर्ष सम्म विदेशिय । ओमानमा हेल्परको रुपमा काम गरेका गेहेन्द्रलाई घर फर्किएपछि भने फेरी विदेश जान मन लागेन ।

    उनले ओमानमा ४० देखि ४५ हजार मासिक कमाई गर्थे । विदेशबाट कमाई गरेर ल्याएको केहि पैसा छोराछोरीलाई पढाउनमा खर्च गरे, केहि कुखुराको खोर निर्माण गर्न । गेहेन्द्रले छोरालाई इन्जिनियर पढाएका छन् ।

    छोरा गोपालप्रसाद शर्माले पनि अहिले सिन्धुपाल्चोकमा जागीरे छन । अहिले कुखुराले राम्रो अण्डा दिइरहेको र त्यसबाट आर्थिक आम्दानी पनि सन्तोषजनक रहेको कृषक शर्माले बताए ।

    कुखुरा पालनको कुनै अनुभव नहँुदा पनि गेहेन्द्रले करिव डेढ वर्ष अघि सुरु गरेका व्यवसायिक कुखुरापालन फष्टाउदै गएको छ । बेला बेलामा पशु चिकित्सकसगँ कुखुराको विषयमा सल्लाह लिदै अघि बढेको गेहेन्द्र वताउछन् । सफल वन्नका लागी लगन र मेहेनत चाहिने गेहेन्द्र वताउछन् ।

    अब विदेश नजाने घरमै बसेर कुखुरा पालन गरेरै बस्ने योजना रहेको उनले बताए । ‘विदेशमा भन्दा घरमै राम्रो आम्दानी भैरहेको छ’ कृषक गेहेन्द्रले भने –‘विदेशमा गएर पनि काम नै हो गर्ने बसेर खान कसैले दिदैन । यहाँ आफ्नो घर परिवारसगं बसेर काम गर्नुको मजा बेग्लै हुन्छ ।’ अहिले एक दिनमै छ पेटि सम्म अण्डा उत्पादन भैरहेको उनले जानकारी दिए ।

    ‘एक दिनमा १३ हजार २ सय रुपैया बराबरको अण्डा विक्रि गर्ने गरेको छु’ कृषक शर्माले खुसी व्यक्त गर्दै भने । यसरी हेर्ने हो भने कृषक गेहेन्द्रले एक महिनाको अवधिमा करीव चार लाख आम्दानी गर्ने गरेका छन् ।

    ‘छोराले कमाउने भन्दा बढि अहिले घरमै बसेर मैले कमाइ गरीरहेको छु’ गेहेन्द्रले भने । उनले आफुमात्र नभएर गाउँका २ जना स्थानियलाई समेत आफ्नो कुखुरा फार्ममा रोजगारी दिएका छन् ।

    स्थानिय सरकार गाउँमै आएपछि आफु लगाएत अन्य कृषकको हक हितमा काम हुनेमा आसाबादि छन् । चार लाख घरमै बसेर कमाउदै आएका खजुराका कृषक गेहेन्द्र अन्य युवाहरुलाई पनि विदेश भन्दा गाउँघरमै व्यवसायिक कृषिमा लाग्न अनुरोध गर्छन ।

    प्रतिकृया दिनुहोस्