Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३० गते
    ३१ पटक
    कोहलपुर ।

    निजी तथा आवासीय विद्यालय एसोसिएसन कोहलपुर नगर कमिटीका अध्यक्ष यम रावत प्याब्सन प्रेसिडेन्ट अवार्ड बाट सम्मानित भएका छन् ।

    प्याब्सन नेपालको १४ औं राष्ट्रिय अधिवेशनमा अवसरमा कोहलपुरका रावतलाई प्याब्सन प्रेसिडेन्ट अवार्ड बाट सम्मान गरिएको हो ।

    उनीलाई संघिय सरकारका सभामुख कृष्ण बहादुर महरा र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सम्मानित गरेका थिए । निजी विद्यालय तथा त्यसको संस्था प्याब्सनलाई अगाडि बढाउन भुमिका खेलेको भन्दै रावतलाई प्याब्सन प्रेसिडेन्ट अवार्ड बाट सम्मान गरिएको थियो ।

    रावत कोहलपुरमा रहेको बागेश्वरी एकेडेमीका संस्थापक समेत हुन् । सम्मान पछि रावतले आफुलाई अझै निजी विद्यालयहरुको हकहितमा काम गर्ने हौसला बढेको प्रतिक्रिया दिए । उनी कोहलपुर क्षेत्रका विभिन्न सामाजिक काममा समेत आबद्व छन् ।

    प्रतिकृया दिनुहोस्