Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३० गते
    २९ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्ज उप–महानगरपालिका २० राँझा चोकमा फेला परेको बम डिस्पोज गरिएको छ ।

    नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका क्रममा आज बिहान राँझा चोकमा बम फेला परेको थियो ।

    नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोक नजिक राखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्