Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३० गते
    २८ पटक
    नेपालगन्ज ।

    सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा समेत परेको छ ।

    जिल्लामा भित्र्त्रीने र जिल्लाबाट बाहिरिने लामो दुरीका सार्वजनिक सवारी साधनहरु चल्न सकेका छैनन् भने अधिकांश शिक्षण संस्था, कलकारखाना बन्द छन् ।

    स्थानीय रुट चल्ने सार्वजनिक सवारी साधन भने आशिंक रुपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन ।

    बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा नेपाली सेनाको टोलीले पैदल गस्ती गरिएको छ । चोक चोक ठूलो मात्रामा नेपाल प्रहरी र शशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्