Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    ४१ पटक
    काठमाडौं ।

    काठमाडौमा एक चौकीदारले ज्यामी काम गर्ने महिलाको हत्या गरेका छन् ।

    नागार्जुन–५, पाँचधारा हलचोकमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने प्रकाश थापा मगरले ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी ४५ वर्षीया निरमाया चेम्जुङको हत्या गरेका हुन् ।

    ३७ वर्षीय मगरलाई प्रहरीले पक्राउ गरेको छ । चेम्जुङ मंगलबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको थापासँग वादविवाद भएको र थापाले पेटमा लात्तीले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्