Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    ४० पटक
    काठमाडौं ।

    निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनिए पनि भारतमा हुने लोकसभा निर्वाचनले गर्दा मिति परिवर्तन गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।

    कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने जनाएको छ ।

    लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । भारतीय यात्रुहरुको लागि बुद्ध एयरको भगीनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ ।

    यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकोता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्