Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    १४ पटक

    नेपाली सिनेमा क्षेत्रमा कुनै चर्चित जोडी छ भने त्यो हो प्रियंका कार्की र आयुषमान देसराज जोशी । लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईको प्रेमको यात्रा व्यक्तिगतरुपमा सुखद रहे पनि सामाजिकरुपमा भने निकै आलोचित भए ।

    प्रियंका आयुषमान भन्दा जेठी भएको कारणले पनि उनीहरुले गालीगलौज नै सहनु प¥यो । यी र यस्ता आलोचनाहरुलाई चिर्दे आफनो प्रेमको सागरमा चुर्लुम्म डुबुल्की मारिरहेका छन् । आजभोली यी दुई आफनो आलोचकहरुको कुरै सुन्दैनन् ।

    पछिल्लो समय २ पटकसम्म इन्गेज्मेण्टसमेत गरेका आयंका जोडी यतिबेला बाली टुरमा रहेका छन् ।

    सामाजिक सञ्जालमा पनि निकै बोल्ड तस्बिरहरु पोस्ट गर्दे आईरहेका यी दुईले इन्डोनेसियाको बालीको पनि बोल्ड तस्बिरहरु सेयर गरिरहेका छन्। जुन तस्बिरहरुले यतिबेला खुबै चर्चा कमाईरहेको छ ।

    ती तस्बिरहरुमा कतिले सकरात्मक प्रतिक्रिया दिएका छन् कतिले नकरात्मक ।

    उनीहरुलाई २ पठकसम्म हनिमुन मनाएको भन्ने प्रतिक्रिया दिनेहरु पनि कम छैनन् तर अरुले जे सुकै भनोस आयंक जोडीलाई मतलबै छैन ।

    अन्य सेलिब्रेटीहरुलाई पनि उनीहरुले आलोचकहरुलाई बेवास्ता गर्दे कसरी खुसी हुने भनेर यी दुईले देखाईरहेका छन् । चाडै बिवाह गर्ने तयारीमा रहेका आयंकाको प्रेम देखेर डाहा नगर्नेहरु भने कमै छन् ।

    प्रतिकृया दिनुहोस्