Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    ५५ पटक
    काठमाडौं ।

    व्युटी विथ ब्रेन उपाधी पाएकी नायिका हुन ऋचा शर्मा । हिट फिल्म कम तर आलोचनामा बढि घेरिने यी नायिका प्राय आफनो अभिव्यक्तिको कारण बिवादमा आउने गर्छिन् । तर उनी नेपाली सिनेमा क्षेत्रमा ती नायिकाहरुको लिस्टमा पर्छिन् जसको अभिनयको प्रशंसा अत्याधिक हुने गर्छन् ।

    प्राय आफनो अभिव्यक्तिकै कारण मिडियामा छाईरहने ऋचाले चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहान्छको बिरोध गरेकीछिन् । उनले प्राईम टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा ऋषि धमलाले नायिका वा महिलासंग सोध्ने प्रश्नहरुमा गम्भिर आपत्ति जनाउदै कार्यक्रम बन्द हुनु पर्ने माग गरेकी हुन् ।

    ऋषि धमला प्राय महिला सेलिब्रेटीसंग उनीहरुको सेक्स लाईफको बारेमा बढि प्रश्न सोध्ने गर्छन् जुन कुरा ऋचालाई मनै पर्देन ।

    एक अन्तरवार्ताको क्रममा उनले नायिका निरुता सिंहलाई सेक्स बारे सोधिएको प्रश्नमा आपत्ति जनाएकी हुन् । उनले नेपाली सिनेमा क्षेत्रकी लेजेन्ड नायिकासंग तल्लोस्तरको प्रश्न सोधिएको भन्दै उनले सुन्ने बित्तिकै आफनो रगत उम्लिएको बताईन् ।

    उनले भनिन् “महिलामाथि यस्तो अपमानजनक व्यवहार म सहन सक्दिन । उक्त कार्यक्रम हेरेपछि मैले अन्य नायिकाहरुलाई पनि भने यो त अत्ति नै भयो । एउटा अभियाननै चलाएर भए पनि यस्ता खाले कार्यक्रमहरु बन्द गर्नुपर्छ । यदि चलाउने नै हो भने प्रस्तोता एउटा नियमभित्र बाँधिनु पर्छ” ।

    एउटा महिलालाई उसको भर्जिनिटी र सेक्सुवालिटीको बारेमा सोध्नु जायज नभएको उनको भनाई छ । उनी भन्छिन् “यस्ता प्रश्नहरु सोध्न कत्तिको जायज छ अब ऋषिजीले एकदमै सोच्न आवश्यक छ” ।

    उनले पुरुष सेलिब्रेटीसंग यस्ता प्रश्नहरु ऋषिले सोध्ने नगरेको तर महिलालाई मात्र यस्तो प्रश्न गर्दा हेप्न खोजेको हो की भन्ने उनको अनुमान छ ।  त्यसोत ऋचाले ऋषिको कार्यक्रम बन्द गर्नु पर्छ भनेर माग गरेको भने पहिलो पटक होईन् । यसअघि ३ बर्ष अगाडी हिमालय टिभीबाट प्रसारण हुने धमलाको हमला कार्यक्रममा ऋषिले ऋचालाई अतिथीको रुपमा बोलाएका थिए ।

    जहाँ ऋषिले ऋचालाई उनको सेक्स लाईफ र पूर्व प्रेमीसंग लिभइन रिलेशनमा बसेको लगायतका प्रश्नहरु सोधेपछि कार्यक्रममा नै चर्काचर्की भएको थियो । जसको बिरोध उनले सामाजिक सञ्जालमाफर्त गरिन् ।

    त्यतीमात्र होईन प्रियंका कार्कीलाई पनि ऋषिले यस्तै प्रश्नहरु गरेको र अपमान गरेको भन्दै यी दुई नायिकाहरु ऋषिको कार्यक्रम नै बन्द हुनु पर्छ भन्दै हिडेका थिए । तथापी त्यो कार्यक्रम भने बन्द भएन ।

    प्राय महिला सेलिब्रेटीलाई ऋषि धमलाले सेक्स र भर्जिनिटीको बारेमा प्रश्न गर्दा उनी आलोचनमा पर्दे आएका छन् । पछिल्लो पटक नायिका निरुता सिंहसंग पनि उनले यस्तै प्रश्नहरु गरेपछि विभिन्न ट्रोलहरु नै बनेका थिए ।

    प्रतिकृया दिनुहोस्