Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२८ गते
    ४६ पटक
    काठमाडौं ।

    तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको मंगलबार बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ‘उहाँहरूलाई हामीले वार्तामा बोलायौं, तर उहाँहरूले झमेला झिक्नुभयो, बम पड्काउन थाल्नुभयो,’ उनले भने, ‘यसको निकास अरू के हुन सक्थ्यो र ? त्यही भएर प्रतिबन्ध लगाउने निर्णय गरेका हौं ।’

    विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकारले कडा नीति लिएको हो ।

    विप्लव समूहले केही दिनअघि मात्र ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो।

    प्रतिकृया दिनुहोस्