Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२८ गते
    १३ पटक
    काठमाडौं ।

    चलचित्र ‘जात्रै जात्रा’ले रिलिज डेट लिएको छ । वैशाख २७ गते चलचित्र रिलिज हुने निर्देशक प्रदीप भट्टराइले जानकारी दिए ।

    चलचित्र ‘जात्रा’को सिक्वेलका रुपमा निर्माण भएको चलचित्र ‘जात्रै जात्रा’का मुख्य पात्र विपिन कार्की मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि छायांकन प्रभावित भएको थियो ।

    विपिन घाइते भएपछि चलचित्र पूर्व निर्धारित मितिमा रिलिज हुन सकेन । चलचित्र ‘जात्रै जात्रा’मा विपिनसँगै रविन्द्र सिंह वानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायत कलाकारको अभिनय छ ।

    चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको ‘मायाँ पिरिम…’बोलको गीत यही आइतबार रिलिज हुँदैछ ।

    प्रतिकृया दिनुहोस्