Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२८ गते
    ९ पटक
    काठमाडौं ।

    सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र रिक्त रहेका ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु गरेको छ।

    संघीय संसद्को बैठकले उपनिर्वाचन गराउन वाधा गरिरहेका कानुन एकमुष्ठ संशोधन गरेर बाटो खुला गरिए वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल सुरु भएको हो।

    निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले रिक्त स्थानमा उपनिर्वाचनका लागि आयोगले सरकारसँग दुई महिनाको समय माग गरेको जानकारी दिए।

    ‘रिक्त रहेका स्थानिय, प्रदेश र संघीय सिटमा निर्वाचन गराउनका लागि कानुनी झन्झटलाई केही नेपाल ऐन संशोधनमार्फत सम्बोधन भइसकेको छ,’ प्रवक्ता खरेलले भने, ‘सरकारसँग दुई महिनाको समय माग गरेका छौं, त्यतिसमय भित्र उपनिर्वाचन गराउन आयोग सक्षम छ।’

    उनका अनुसार आयोगका अनुसार कानुनी अडचनका कारण उपनिर्वाचन गराउन समस्या भए पनि अब हल भइसकेको अवस्था छ। नागरिक दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस्