Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    १२ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा होलिल्याड मावि फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा होलिल्याड माविले मंगल माविलाई ८ रनले पराजित गरेको थियो ।

    खेलमा टस जितेर पहिला व्याटिग गरेको होलिल्याडले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६ रन बनायो । उसका लागि श्रृष्टी पौडेलले ३७, सुमन योगिले ३४ रन खेलिन् । मंगलका बलर अन्जु चौधरी र प्रतीक्षा चौधरीले १ विकेट लिए ।

    जबाफी व्याटिगमा आएको मंगलले १५ ओभरमा ३ बिकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । उसका लागि अखिला घर्ती मगरले ३९, स्वतिका खत्री ३७ रन बनाउनु रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । होलिल्याडका बलर श्रृष्टी पौडेल र सुमन योगिले १ र १ विकेट लिइन् ।

    खेलमा पौडेल ओमेन अफ दि घोषित हुन सफल भइन् । फाइनल आज मंगलबार होलिल्याडले नेपालगन्ज मोडेल एकेडेमीको सामना गर्ने प्रतियोगिताका संयोजक मेराज अन्सारीले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको थियो । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भइरहेको हो ।

    प्रतिकृया दिनुहोस्