Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    १२२ पटक
    नेपालगन्ज ।

    नेपाल एकायन कराते बाँकेको अध्यक्षमा गिरीराज भुषाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार नेपालगन्जमा सम्पन्न एकायनको प्रथम अधिवेशनबाट अध्यक्षमा भुषाल चयन भएका हुन् ।

    त्यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण ओली, द्वितीय उपाध्यक्षमा विजय लम्साल, सचिवमा चन्द्र बोहोरा र कोषाध्यक्षमा आन्नद गिरी चयन भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा विनोद सिह सिजापती, प्रमिला बोहरा, मधु भुषाल, नुतन भारती, श्यामा यादव, सन्तराम चौधरी, रस्मिता पौडेल र हुसेन हलवाई रहेका छन् ।

    एकायनको प्रथम साधारणसभामा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष आंतक बस्नेत, एकायनका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल लगायतले आफ्नो भनाई राखेका थिए । प्रथम बार्षिक साधारणसभामा खेलाडि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्