Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    २० पटक
    बुटवल ।

    प्रदेशस्तरिय सुरक्षा गोष्ठी चलिरहेकै वेला रुपन्देहीको देवदहमा एक युवाको हत्या भएको छ ।

    कुनै वेला कुख्यात अपराधी मनोज पुनको प्रहरी ईन्काउन्टरमा मारिए पछि केहि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन अशान्त समेत देखिएको छ । रुन्देहीको देवदहमा आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ ।

    सोमवार देखि जिल्लाको भैरहवामा राष्ट्रिय सुरक्षा गोष्ठीको लागि गृहमन्त्री र प्रहरीका प्रमुखहरु जम्मा भएकै दिन देवदहमा तरुण दलका कार्यकर्ताको हत्या हुनुले शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ भन्ने वारे आफै आकलन गर्न सकिन्छ ।

    तिनवटै सुरक्षा निकायका प्रमुख रुपन्देहीमै रहेकै दिन हत्या हुनुले समग्र सुरक्षा निकायको अवस्थालाई ठाडै चुनौती दिएको छ । आईतवार राति मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरीलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको थियो ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा पुरीलाई अज्ञात समुहले आक्रमण गरेको थियो ।

    आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।मृतक युवक नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको काग्रेका क्षेत्रीय सभापति तथा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।

    शंकास्पद पाच युवा समातिए

    देवदहका युवा अनिष पुरीको हत्या गरेको आशंकामा ५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राती देवदहको बुद्धनगरमा सामुहिक आक्रमणमा परि मारिएका देवदहकै खैरेनीका २० बर्षिय अनिष पुरीको हत्यामा सम्लग्न भएको आशंकामा उनिहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    गए राती करिव ८ बजेको समयमा देवदह ९ बुद्धनगरमा बोलाई स्थानिय युवाहरुको समुहले अनिष पुरी माथी सांघातीक आक्रमण गरी हत्या गरेको थियो । नियन्त्रणमा लिईएका हरु संग बयान लिने काम भई रहेको र उनिहरुबाट घटनमा सम्लग्नहरुको थप पहिचान खुल्ने अपेक्षा प्रहरीको छ ।

    कसरी भयो घटना
    देवदह नगर पालिका वडा नं ५ खैरेनीका युवा अनिस पुरीको हत्याको रहस्य खुल्दै गएको छ । सांझ करिब ८ बजे तिर देवदह नगरपालिका वडा नं ९ बुद्ध नगरमा पुरी सामुुहिक आक्रमणमा परि मारिएका थिए ।

    अनिस पुरीकोे स्थथानिय युवाहरुको समुहले रड र ढुंगाले हानेर हत्या गरेको खुल्दै गएको छ । अनिसलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्ध नगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथी १०र१२ जनाको समुहले आक्रमण गरेको स्थानीयले बताएका छन ।

    आक्रमणबाट वच्न भाग्दै करिव २ सय मिटर पर पुगेका पुरी पुर्व पश्चिम राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा आईपुगेपछि लडेका थिए ।पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरि देवदह मेडिकल कलेज र्पुयाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

    केहि दिन अघि देखि लागि रहेको ब्यापार मेलाको बिषयमा देवदहको खैरेनी र बुद्ध नगरका युवाहरुका बिचमा बिवाद हुदै आएको बताएको छ ।देवदह उद्योग बाणिज्य संघले बुद्धनगरमा मेला आयोजना गरेको र उक्त मेलामा खैरेनीका युवाहरुको हाली मुहाली चलेको भन्दै युवाहरुका बिचमा २र३ दिन यता तनाव उत्पन्न भएको थियो ।

    ब्यापार मेला स्थलमा सवारी साधन पार्किङका बिषयमा स्थानिय बुद्धनगर र खैरेनीका युवाहरुका बिचमा बिवाद उत्पन्न भई केहि दिन अघि देखि नै सम्भावित झडपको अवस्था देखिएको थियो ।केही दिन अघिदेखिको खैरेनी र बुद्धनगरका युवा बिचको को शक्तिशाली हुने भन्ने होडबाजीले खैरेनीका युवाको ज्यानैै गएको स्थानियको भनाईछ ।

    उद्योग वाणिज्य संघ काग्रेस निकटलाई पार्किगको जिम्मा दिएकाले नेकपा निकट युवाहरुलाई चित्त नबुझेको कतिपयको भनाई छ । अनिषको मृत्युको खवर पाउनासाथ बेहोस भएका वुवा लोमस पुरी र आमा सोभा पुरीको अहिले बुटवल स्थिति गौतमबुद्ध मुटु अस्पतालमा उपचार भई रहेको छ ।

    प्रतिकृया दिनुहोस्