Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    १६ पटक
    काठमाडौं । 

    वाईसियल नेपालको अयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान गरिने भएको छ ।
    वाईसीयल नेपालले देशभर जिल्ला तथा भौगौलिक अनुकुलताअनुसार संयुक्त रूपमा जिल्लाका शहिद परिवारलाई सम्मान गरिरहेको छ ।

    ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने वाईसीयलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखा धनगढी पुगिसकेका छन् ।

    अध्यक्ष दीपशिखाका अनुसार शुक्रवार पेरसडांडामा हुने कार्यक्रममा काठमाडौ, ललितपुर र भक्तपुरको संयुक्त हुनेछ भने पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले अभिनन्दन गर्नेछन् ।

    उनका अनुसार युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत हुनु भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको छ ।महासचिव सुबोध शेर्पालीका अनुसार जिल्लामा प्रतिनीधिमुलक कार्यक्रम भएपनि बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल शहिद परिवारको घरघरमा पुग्नेछ ।
    कार्यक्रमका लागी संगठनका नेताहरू देशदौडाहामा छन् !

    प्रतिकृया दिनुहोस्