Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२४ गते
    ६४ पटक
    काठमाडौं । 

    सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो ।

    सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    सूचना हेर्नुहोस्ः 

     

    प्रतिकृया दिनुहोस्